SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

कप्तानगञ्ज घटनामा रास्वपा सांसदले भनेः नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था थिएन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले गम्भीर आपत्ति जनाएका छन् । उनले घटनालाई अत्यन्तै खेदजनक भन्दै निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।