SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षाैंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरूप पाएको छ । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुङ्गा सुरुङमार्गमा आज सोमबारदेखि औपचारिक रूपमा सवारीसाधन गुडाइँदै छन् । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले साउन ११ गते सुरुङमार्ग उद्घाटन गरेर सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।