चार विमानस्थलमा राज्यको करोडौं लगानी,बालुवामा पानी
गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौं लगानी प्रतिफलविहीन बनेको छ । मुलुकका केही विमानस्थल निर्माणमा तदारुकता देखिएपनि तिनको सञ्चालन र दिगोपनामा भने सम्बद्ध पक्षको ध्यान नपुग्दा अलपत्र अवस्थामा छन् ।
