SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०२:५७ AM · 1 मिनेट पढाइ

अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो दोधारा– चाँदनी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकैबाट १८ क्युफिट पाँच गोलिया काठ बरामद गरिएको हो ।