SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौं । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका दुई हजार चार सय ३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही गरिएको छ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा नापतौल ऐन, २०२५ र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कानुनी कारवाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिए ।