वीरगन्जका अस्पतालमा आकस्मिक उपचार सेवा पनि ठप्प, बिरामीहरुको बिजोग
वीरगन्ज : चिकित्सक कुटिएको विरोधमा वीरगन्जका चिकित्सकहरु हड्तालमा उत्रिएका कारण यहाँका सरकारी र निजी अस्पतालमा तीन दिनदेखि आकस्मिकसहितका सबै उपचार सेवा प्राय ठप्प छ । मंगलबारदेखि नेपाल चिकित्सक संघको आह्वनमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएपनि वीरगन्जका अस्पतालहरुमा भने चिकित्सकहरुले गत आइतबारदेखि नै आकस्मिकसहित सबै सेवा बन्द गर्दै हड्तालमा बसेका छन् । जसका कारण यहाँका अस्पतालहरुमा उपचारका लागि पुगेका बिरामीहरु तीन दिनदेखि अलपत्र परेका छन् ।
