SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

सुक्खा पहिरो जाँदा अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक खुल्यो

काठमाडौं : मुग्लिन नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ। आज दिउँसो मुग्लिन नारायणगढ सडक खण्डको खहरे खोला मुग्लिन नजिकै दिउँसो ३ बजेतिर पुनः सुक्खा पहिरो जाँदा अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो। सडक डिभिजन भरतपुरले पहिरो हटाएर सडक सञ्चालनमा आएको जनाएको छ।