SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

पहिरोपछि पालिकाको राहत घोषणा, पीडित परिवारलाई तीन लाख

दोलखा : गौरीशंकर गाउँपालिकाले बाढीपहिरो पीडितलाई राहत प्याकेज घोषणा गरेको छ। गत साउन ६ गते परेको अविरल वर्षासँगै गएको पहिरो र खारे खोलामा आएको बाढीले गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित परिवारका लागि राहत प्याकेज घोषणा गरेको हो।गाउँपालिकाले पहिरो तथा कटानबाट प्रभावित परिवारलाई जस्तापाता लगायतका निर्माण सामग्रीसहित करिब ३ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।