अन्तिम श्रद्धाञ्जलीका लागि गोपालमान श्रेष्ठको पार्थिव शरीर सानेपामा, आजै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको छ । श्रेष्ठको पार्थिव शरीरमा काँग्रेस सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् भने विभिन्न राजनीतिक दलका नेता तथा काँग्रेस कार्यकर्ताहरूले पनि श्रद्धाञ्जली दिएका छन् ।
