SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

सांसद विष्टको प्रश्न- आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले निर्वाचन आयोगलाई सत्ताधारी दलको प्रभावबाट मुक्त भई पूर्ण रूपमा निष्पक्ष र स्वायत्त निकायका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । बुधवार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा बोल्दै सांसद विष्टले आयोगको कार्यशैली, निर्वाचन सुधार र खर्च कटौतीका विषयमा विभिन्न सुझावहरू प्रस्तुत गरे ।