SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छ: काँग्रेस सांसद ढुंगाना

काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगका निर्णयहरू सर्वसम्मत, पारदर्शी र कानूनसम्मत हुनुपर्ने बताएका छन् । बुधवार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा बोल्दै सांसद ढुंगानाले आयोगको भूमिका र विगतका कमजोरीहरूबारे ध्यानाकर्षण गराएका हुन् ।