रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेतामा बालेन्द्र शाह (बालेन) लाई मनोनीत गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । उनलाई सभापतिपछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरिएको छ।
