SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०२:०० AM · 1 मिनेट पढाइ

विद्युत् महसुललाई समयानुकूल बनाउने प्राधिकरणको तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो ।