SHARE
मकालु खबर · मङगलबार ३१ भौ २०८२ १२:३७ PM · 1 मिनेट पढाइ

‘जारी २’ कार्तिक ६ गते भाइटीमा रिलिज हुने

काठमाडौँ । असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण सिनेमाको रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए ।