वृद्धा बुवाआमा छाडेर जेनजी प्रदर्शनमा अस्ताए गोपाल
झापा । गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं बिहान घरायसी काम सकेर विर्तामोड जाने तरखरमा थिए । ७६ वर्षीया आमा गुनमायाले सोधिन “कता हिँड्न लागेको कान्छा ?” गोपालले जवाफ दिएका थिए “त्यहीँ विर्तामोड जान्छु आमा, रक्तदान कार्यक्रम छ ।
