SHARE
मकालु खबर · बुधबार ८ असो २०८२ ०४:१६ PM · 1 मिनेट पढाइ

हटाइए काठमाडौंका सिडिओ छवि रिजाल

गृह मन्त्रालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारीमा छवि रिजाललाई हटाएको छ । उनको स्थानमा ईश्वरराज पौडेल आएका छन् । जेनजी आन्दोलनपछि सिडिओ रिजाल कार्यालय गएका थिएनन् । उनी कार्यालय नआएपछि उनलाई जिम्मेवारी हटाइएको हो । रिजालमाथि जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको आरोप लागेको थियो ।