SHARE
हाम्रो खेलकुद · शनिबार ११ असो २०८२ ०४:५८ PM · 1 मिनेट पढाइ

लिभरपुलको पहिलो हार

एजेन्सी – लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिग (इपिएल) मा सिजनको पहिलो हार भोगेको छ। क्रिस्टल प्यालेसले आज लिभरपुललाई २-१ गोल अन्तरले हरायो। इस्माएला सारले नवौं मिनेटमा क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाए। यो गोलमा क्रिस्टल प्यालेसले पहिलो हाफमा १-० को अग्रता बनायो। खेलमा फर्कन आतुर लिभरपुलले खेल सकिन ३ मिनेटमा बाकी छँदा बराबरी गोल फर्कायो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद