२२ कात्तिक २०८२, काठमाडौं । नेपालको अग्रणी डिजिटल सेवा प्रदायक हाम्रो पात्रोले आजदेखि घरमै फ्लु (इन्फ्लुएन्जा) खोप सेवा औपचारिक रूपमा सुरु गरेको छ। यस सेवामार्फत प्रयोगकर्ताले प्रमाणित स्वास्थ्यकर्मीबाट आफ्नै घरमा सुरक्षित रूपमा खोप लगाउन सक्नेछन्। यो सेवा सर्वोनिदान क्लिनिक प्रा. लि.को समन्वयमा सञ्चालन हुनेछ।