जस्मिन पेन्ट्सको उपहार योजना: विजेताले पाए जापान भ्रमणको टिकट, पारस खड्काको उपस्थितिमा भयो छनोट

२६ माघ, काठमाडौँ। जस्मिन पेन्ट्सको उपभोक्ता योजना “चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग” को विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरिएको छ। ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थितिमा गरिएको लक्की ड्र मार्फत कौशिलानगर, कोहलपुरकी देवी बुढा विजेता छनौट हुनुभएको थियो।