SHARE
अन्नपूर्ण · शनिबार २५ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

जापानलाई हराउँदै नेपाल बन्यो समूह विजेता, आइतबार यूएईसँग खेल्ने

काठमाडौं : आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। २१ बलमा १ चौका र ४ छक्कासहित ३८ रन बनाएका हुन्।