ढोरपाटनका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाण्डु – बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ । नेपालीविरुद्ध १ अर्ब ५८ करोड रुपैयाँ विगो मागदाबी सहित सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको हो । मेयर नेपाली हाल सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा छन् ।
