SHARE
अन्नपूर्ण · बुधबार ५ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजीलाई जेल सजाय

काठमाडौं : निकोलस सारकोजी जेल जाने फ्रान्सका पूर्वराष्ट्रपति बनेका छन्। लिबियाका पूर्वतानाशाह मुअम्मर गद्दाफीबाट अवैध अभियान कोष प्राप्त गरेको आरोपमा उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको हो।दोस्रो विश्वयुद्ध पछि कुनै पनि फ्रान्सेली नेतालाई जेल हालिएको थिएन। अन्तिम पटक नाजी सहयोगी फिलिप पेटेनलाई १९४५ मा देशद्रोहको आरोपमा जेल हालिएको थियो।सारकोजीले २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपतिको रूपमा काम गरेका थिए। उनले ला सान्ते जेलमा आफ्नो सजायको अपील गरेका छन्।