SHARE
अन्नपूर्ण · बुधबार ५ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

एकदिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक बन्यो यस्तो रेकर्ड

काठमाडौं : ढाकामा बंगलादेश र वेस्ट इन्डिजबीच  भइरहेको पुरुष एकदिवसीय खेलमा नयाँ रेकर्ड बनेको छ। यस्तो एकदिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक भएको हो।वेस्ट इन्डिज क्रिकेट टोली बंगलादेश भ्रमणमा छ। दुई टोलीबीच मंगलबार एकदिवसीय खेल भएको हो। यसमा बंगलादेशले पहिले ब्याटिङ गरेको थियो।खेलको सबैभन्दा रोचक कुरा वेस्ट इन्डिजका तीव्र बलरले एक ओभर पनि बलिङ गरेनन्।अर्थात् सम्पूर्ण ५० ओभर स्पिन बलरले बलिङ गरेका हुन्। यो नयाँ रेकर्ड बनेको छ।