SHARE
कालिका खबर · आइबार​ ९ कात्िक २०८२ ०६:४३ AM · 1 मिनेट पढाइ

पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिँदै

मनाङ :  नासोँ गाउँपालिका–६ र ७ मा पर्ने पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना मनाङ एकाइ संरक्षण कार्यालयले समुद्री सतहदेखि चार हजार ६५१ मिटर उचाइमा अवस्थित पोङ्कर तालसम्मको सर्वेक्षणपछि पदमार्ग निर्माण गर्ने भएको हो । अन्नपूर्ण तेस्रोको काखमा अवस्थित यस ताललाई नयाँ पदमार्गमार्फत मनाङ उपत्यकासँग जोड्ने उद्देश्यले सर्वेक्षण गरी पदमार्ग निर्माण गर्ने योजना निर्धारण गरिएको हो । यस सर्वेक्षणको मुख्य लक्ष्य तालसम्म पुग्ने सम्भावित नयाँ पदमार्गको पहिचान तथा अध्ययन गर्नु रहेको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना पोखराका प्रमुख रवीन कडरियाले जानकारी दिए  ।