युवाहरूको आन्दोलनले नयाँ ऊर्जा दियो : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकाल रुपमा फैलिएको बताएका छन् । वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताएका हुन् । भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले आवाज उठाउँदै आएको भएपनि अपेक्षित रुपमा सरकारले सुन्न नसकेको बताए । उनले भदौ २३ र २४ गतेको जेन–जीको आन्दोलनले भ्रष्टाचार विरोधी अभियान र आफूहरुले उठाउँदै आएको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा नयाँ उर्जा दिएको उल्लेख गरे । भ्रष्टाचारविरोधी आन्दोलनका लागि उनले युवाहरुलाई धन्यवाद समेत दिए ।
