जेनजी आन्दोलनबाट प्रभावित निकायलाई नाइमाद्वारा करिब ३० लाख रुपैयाँ बराबरको सहयोग
काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाइमा) ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र क्षतिग्रस्त यातायात व्यवस्था विभागको भौतिक पुनः निर्माका लागि सहयोग प्रदान गरेको छ। गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त यातायात व्यवस्था विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नाइमाले आपतकालीन सहयोग प्रदान गरेको जनाएको छ।
