हिमालयन लाइफ इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीले काठमाडौँको नक्सालस्थित आम्रपाली बैंक्वेटमा बुधबार सभा आयोजना गरेको हो। सभाले आर्थिक वर्ष २०८१-८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा स्वीकृत गरेको कम्पनीले जनाएको छ।
