बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले मुलुकमा पछिल्लो समय बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोह सक्रिय रहेको भन्दै तत्काल कारबाहीको माग गरेकी हुन् ।
