महान्यायाधिवक्ता कार्यालयको चौथो पञ्चवषीय रणनीतिक योजना सार्वजनिक
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०८३/0८४–२०८७/८८) सार्वजनिक गरेको छ । महान्यायाधिवक्ता कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा महान्यायाधविक्ता डा नारायणदत्त कँडेलले सार्वजनिक गरेका हुन् । यही साउन १ गतेदेखि लागू भएको छ । ‘फौजदारी न्यायको सुदृढीकरण’ भन्ने नारा रहेको उक्त योजनाको मुख्य पाँचवटा प्राथमिकता रहेका छन् ।
