अबदेखि आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने
काठमाडौं । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीबाट प्रविष्ट गर्ने व्यवस्थाको आजदेखि शुभारम्भ गरेको छ । अदालतले सेवा प्रवाहलाई छिटो, पारदर्शी, प्रविधिमैत्री तथा सेवाग्राहीमुखी बनाउने उद्देश्यले उक्त सेवा प्रारम्भ गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
