SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल

काठमाडौं । स्थानीय तहको सङ्ख्या तथा सिमाना हेरफेर गर्ने सम्बन्धमा जिल्लास्तरीय पुनरावलोकन अध्ययन समिति झापाले पहिलो चरणको सर्वपक्षीय छलफल सुरु गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा आज आयोजित छलफलमा झापाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।