SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

मिडिया काउन्सिल विधेयकलाई प्रभावकारी र समयानुकूल बनाउनुपर्नेमा जोड

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयकको मस्यौदामाथि विस्तृत छलफल गरेको छ । छलफलमा बदलिँदो सञ्चार परिवेश, डिजिटल पत्रकारिताको विस्तार, प्रेस स्वतन्त्रता, पत्रकारिताको विश्वसनीयता तथा प्रभावकारी नियामकीय संयन्त्र निर्माणका विषयमा गहन विमर्श भएको हो ।