SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

निर्माणमा नगई बहानाबाजी गर्नेहरूप्रति कठोर बन्छौँ: उर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले निर्माणमा नगई बहानाबाजी गर्नेहरू प्रति सरकार कठोर बन्ने बताएका छन् । शुक्रवार इप्पानको २६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्र मैत्री हुँदाहुँदै पनि सुशासनको सन्दर्भमा केही निर्मम बन्नुपर्ने अवस्था आएको स्पष्ट पारेका हुन् ।