SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

कियाको के३ सेल्टोस नेपाली बजारमा, फाइभ स्टार सुरक्षा रेटिङसहित सार्वजनिक

काठमाडौँ । किया नेपालले तेस्रो पुस्ताको ‘अल न्यु किया के३ सेल्टोस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौँको गैरीधारास्थित सिल्भर ओकमा आयोजित विशेष समारोहबिच नयाँ एसयूभी सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार नयाँ के३ प्लेटफर्ममा आधारित यो एसयूभी अघिल्लो संस्करणको तुलनामा अझ ठुलो, बलियो र फराकिलो बनाइएको छ।