बेरुजु घटाउन प्रमाण संकलन गर्दैछौँः सचिव राई
काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले आगामी आर्थिक वर्षमा बेरुजु फर्स्यौटको लक्ष्य ६१ प्रतिशतसम्म पुर्याउने योजना रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले हाल मन्त्रालयको हातमा करिब २ अर्ब ८५ करोड रुपैयाँ बराबरको बेरुजु रहेको जानकारी दिँदै यसलाई घटाउँदै जाने योजना रहेको बताए ।
