SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

काभ्रे दुर्घटना अपडेट: ज्यान गुमाउनेको संख्या ८ पुग्यो

काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।