SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीको कार्यशैली र करका दर हेरफेरबारे संसदीय छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा अनधिकृत रूपमा करका दरहरू हेरफेर गरेको आरोप लगाउँदै संसदीय छानबिनको माग गरेका छन् । शुक्रवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्ति र कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।