२४ घण्टामा ट्राफिक कारबाहीबाट २१ लाख बढी राजस्व दाखिला
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २९९ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा २१ लाख ८६ हजार ५०३ रुपैयाँ राजस्व संकलन भएको छ।
