एएफसी यू–२० महिला एसियन कप छनोटमा साउदी अरेबियाविरुद्ध नेपालको जित
काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियाविरुद्ध १–० को कठिन जित निकालेको छ । निर्धारित समयको अन्तिम मिनेटमा शुक्रिया मियाले निर्णायक गोल गरेपछि नेपाल विजयी भएको हो । यो जितसँगै नेपालले आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यू–२० एसियन कपमा स्थान बनाउने सम्भावनालाई कायम राखेको छ ।
