१० मन्त्रालयहरूलाई सार्वजनिक लेखा समितिले भन्यो : लक्ष्य बनाएरै बेरुजु फर्छ्यौट गर्नु
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले सर्वाधिक बेरुजु भएका १० मन्त्रालयलाई स्पष्ट कार्ययोजना बनाएर बेरुजु फछ्र्यौट गर्न निर्देशन दिएको छ । शुक्रबार समितिमा मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि यस्तो निर्देशन दिइएको हो । समितिका सभापति ऋषिकेश पोखरेलले विगतका बेरुजु समाधान गर्दै आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिने गरी काम गर्न मन्त्रालयहरूलाई निर्देशन दिएका छन् ।
