राजेन्द्र लिङदेनको आरोप : एनसेललाई किस्ताबन्दी ‘लुट मच्चाउने प्रयास’ हो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारद्वारा एनसेललाई लाइसेन्स नविकरण शुल्क तिर्न किस्ताबन्दी सुविधा दिनु राष्ट्रहित विपरित भएको आरोप लगाएका छन् । शुक्रबार संसदको सार्वजनिक लेखा समितिमा भएको बेरुजु सम्बन्धी छलफलमा अध्यक्ष लिङदेनले एनसेल राज्यको नियन्त्रणमा आउन लागेको बेला सरकारले किस्ताबन्दी सुविधा दिएर ‘लुट मच्चाउने’ प्रयास गरेको टिप्पणी गरे ।
