SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

अमेरिकी केन्द्रिय बैंकद्वारा नीतिगत ब्याजदर यथावत

एजेन्सी । अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भ (फेड) ले बुधवार नीतिगत ब्याजदरलाई यथावत राख्ने निर्णय गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) को बैठकले संघीय कोषको ब्याजदरलाई ३.५ देखि ३.७५ प्रतिशतको सीमाभित्रै स्थिर राख्ने निर्णय गरेको हो ।