सञ्चारमन्त्रीसँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट
काठमाडौं । चिनीयाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । मन्त्रालयमा भएको सो भेटवार्तामा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताए ।
