टीभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपाली बजारमा सार्वजनिक
काठमाडौं । नेपालका लागि टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले लोकप्रिय स्कुटर सिरिज टीभीएस एनटर्क १२५ रेस एक्सपी को नयाँ ‘ब्लेज ब्लु’ रंग नेपाली बजारमा सार्वजनिक गरेको छ। बुधानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बिहीबार आयोजित विशेष कार्यक्रममा कम्पनीले नयाँ भेरियन्ट सार्वजनिक गरेको हो।
