SHARE
मकालु खबर · बिहीबार २९ साउन २०८२ १२:५८ PM · 1 मिनेट पढाइ

कारागारको संरचना सुधार गर्नुपर्नेमा सांसदको जोड

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विशेष समयमा बोल्दै समसामयिक विविध विषयमा आफ्ना धारणाहरू व्यक्त गरेका छन् । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले नेपालको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले भीडभाड, स्वास्थ्य जोखिम, हिंसात्मक घटना र मानव अधिकार उल्लङ्घनका समस्या बढेको बताए ।