आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया गए । झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताएका उनले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर फर्किए । विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे । उनी घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले दालचिनीको खेती सुरु गरिसकेका रहेछन् ।
