SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, आज बोलकबोल

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बुधबार ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ६१ दिनका लागि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि बुधबार ९साउन १३० दिउँसो ३ बजे बोलकबोल आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ।