इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि
एजेन्सी । इजिप्टमा सन् २०२५ मा भएका सडक दुर्घटनामा ५ हजार ८ सय २९ जनाको मृत्यु भएको छ । इजिप्टको केन्द्रिय परिचालन तथा तथ्यांक निकायले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १०.८ प्रतिशतले बढी हो । निकायद्वारा जारी प्रेस विज्ञप्तिकाअनुसार कायरो प्रान्तमा सबैभन्दा बढी ७ सय ७९ जनाको मृत्यु भएको छ ।
