SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

अघिल्लो सरकारले मुलुकलाई ग्रे लिष्टमा पार्यो, हामी निकाल्ने क्रममा छौँ: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचि (ग्रे लिष्ट) बाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको सामान्य छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।