बागमतीमा लाइसेन्स लिन र रिन्यु अब दोब्बर महँगो: कुन वर्गलाई कति ?
काठमाडौं । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन वा नवीकरण गर्न चाहने सेवाग्राहीका लागि आगामी आर्थिक वर्षदेखि आर्थिक भार बढ्ने भएको छ । प्रदेश सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी लाइसेन्स सम्बन्धी सबै प्रक्रियाको शुल्कमा शतप्रतिशत (दोब्बर) वृद्धि गरेको हो । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक विधेयकमार्फत लाइसेन्स आवेदन, नवीकरण र वर्ग थप शुल्कमा भारी वृद्धि गरेको हो ।
